साताको पहिलो दिन सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौँ - साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.७९ अंक घटेर २६०९ अंकमा कायम भएको छ। यो गिरावटसँगै सेयर बजार लगातार छैटौं दिन घटेको हो।
बजारमा गिरावट भए पनि कारोबार रकममा वृद्धि देखिएको छ। अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५० करोडको कारोबार भएको छ।









