नेपालले यूएईसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य प्राप्त
काठमाडौं - आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेलमा यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको छ।
यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन्। त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए।नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन्। त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए।
यस खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा हुनेछन्। नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनोट पुग्ने निश्चित हुनेछ।









