image
image
हिमताल फुटेर हुम्लाको तिलगाउँ तहसनहस, सांसद लामाले सरकारको ध्यानाकर्षण गराए

हिमताल फुटेर हुम्लाको तिलगाउँ तहसनहस, सांसद लामाले सरकारको ध्यानाकर्षण गराए

काठमाडौं   -    नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको लिमीस्थित तिलगाउँमा १ जेठमा हिमताल फुटेर गाउँ तहसनहस भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले हिमाली क्षेत्रमा रहेका सबै ताल जोखिममा रहेको भन्दै तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सांसद लामाले भने, “४७ सय मिटरमाथि रहेको हिमताल फुट्दा तिलगाउँमा जनधनको क्षति पुगेको छ। काठका पाँचवटा पुल बगाएको छ, चार पाँच सय रोपनी खेतीमा लाग्ने सिंचाइकुलो क्षतविक्षत बनाएको छ भने १५ किलोवाट क्षमताको विद्युत परियोजना तहसनहस भएको छ।”

उनले थपे, “१८ घरपरिवारका ३२ जना नजिकैको बारीमा त्रिपाल लगाएर बसेका छन्। २१ महिला, ९ पुरुष र दुई बालक जोखिममा छन्। अप्ठेरो र त्रसित अवस्थामा बसिरहेका छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।