image
image

अब बिरामी उपचारबाहेकका क्षेत्रमा अक्सिजन आपूर्ति गर्न नपाईने 

काठमाडौँ । बिरामी उपचारबाहेकका क्षेत्रमा अक्सिजन आपूर्ति गर्न नपाईने भएको छ । सरकारले उद्योगमा अक्सिजन आपूर्तिमा रोक लगाएको हो । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने समेत बताएका छन्।

कोरोना भाइरस संक्रमणको अवस्था सामान्य नभएसम्मका लागि उद्योगका लागि अक्सिजनको आपूर्तिमा रोक लगाइएको हो।

त्यस्तै प्रधानमन्त्री ओलीले लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात गरिने पनि बताए। लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिने प्रधानमन्त्री ओलीले चेतावनी दिए।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।