image
image
सर्लाहीमा प्रेम सम्बन्धकै कारण युवकको हत्या, ५ जना पक्राउ

सर्लाहीमा प्रेम सम्बन्धकै कारण युवकको हत्या, ५ जना पक्राउ

काठमाडौं   -   सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २८ वर्षीय अरविन्द कुमार पण्डितको हत्या प्रेम सम्बन्धका कारण भएको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गर्दै पण्डितको वैशाख २८ गते हत्या भएको जानकारी दिएको छ।

प्रहरीका अनुसार, पण्डित र ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी २५ वर्षीया नजिमा खातुनबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। नजिमा तीन सन्तानकी आमा हुन् र पण्डितसँगको सम्बन्धका कारण उनका परिवारका सदस्यले मानसिक तनाव भोगिरहेका थिए। यसै कारण नजिमासहित उनका परिवारका सदस्य र आफन्तले मिलेर पण्डितको हत्या गर्ने योजना बनाएका थिए।

हत्या योजना अनुसार, नजिमाले पण्डितलाई फूलजोर बाबा मन्दिर नजिक भेट्न बोलाइन् र त्यहाँबाट उनलाई फूलजोर खोला नजिक लगेर हत्या गरियो। हत्यापछि शवलाई घाँसपात र लहरीको घस्यौटाले छोपेर घर फर्किए। हत्या गरेको भोलिपल्ट शवलाई उखु बारीमा लगेर फालियो। शवको सनाखत मृतकका दाजु अशोक कुमार पण्डितले गरे।

पक्राउ पर्नेमा नजिमा खातुन, उनका श्रीमान् मोस्तकिम अंसारी, र उनका आफन्त मोहम्मद हुसेन मोमिन, सुयब अंसारी, कोनूर आलम अंसारी र सलाउद्दिन अंसारी रहेका छन्। सबै अभियुक्त नातेदार हुन्। प्रहरीले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।