भरतपुरमा पौडी पोखरीमा डुबेर युवकको मृत्यु, आठ जना पक्राउ
काठमाडौं - भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ। मङ्गलबार राति साथीहरूसँग पौडी खेल्न गएका लोकेश पोखरीमा डुबेर बेपत्ता भएका थिए। प्रहरीका अनुसार, उनका आठ जना साथीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार, घटना स्थलमा पुगेका प्रहरी टोलीले डुबेका लोकेशको शव पौडी पोखरीबाट बाहिर निकालेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा, उक्त पोखरीमा पौडी खेल्ने अनुमति नलिइएको र सुरक्षा उपायहरूको अभाव रहेको पाइएको छ।
प्रहरीले पक्राउ गरेका आठ जनामा भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री, भरतपुर महानगरपालिका–१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेत रहेका छन्। उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।









