image
image
मौसम पूर्वानुमान: देशभर आंशिकदेखि साधारणतया बदली र वर्षाको सम्भावना

मौसम पूर्वानुमान: देशभर आंशिकदेखि साधारणतया बदली र वर्षाको सम्भावना

काठमाडौं   -  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबारको लागि देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले मौसममा परिवर्तन ल्याउने देखिएको छ।

दिउँसोको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, देशका उच्च–पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

रातिको समयमा कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च–पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।