image
image
सुरेन्द्र पाण्डेले ५०० र १००० का नोटमा प्रतिबन्ध लगाउने प्रस्ताव गरे

सुरेन्द्र पाण्डेले ५०० र १००० का नोटमा प्रतिबन्ध लगाउने प्रस्ताव गरे

काठमाडौं   -   सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाउने सुझाव दिएका छन्। मंगलबार नेपाली कांग्रेसको नीति तथा योजना विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।

पाण्डेले भने, “मैले धेरै ठाउँमा भनेको छु, भ्रष्टाचार नियन्त्रण गाह्रो काम छैन। ५०० र १००० को नोट बन्द गरिदिऔँ, नछापौं नागरिकलाई अहिले नै आतंकित नपारौं। ०८५ पछि ५००० र १००० को नोट चल्दैन भनेर भनिदिऔं।”

उनले थपे, “अब सरकारले सय रुपैयाँको मात्रै नोट छाप्नुपर्छ। कसैले एक करोड घुस खानुपर्‍यो भने पनि एक ट्रक लिनुपर्‍यो, त्यसका लागि कोठा बुक गरेर भाडामा राखेर ताला लगाएर पैसा राख्नुपर्‍यो। यो सम्भव हुँदैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।