३ लाख ६२ हजार १ जनाले लगाए खोपको दोस्रो डोज
काठमाडौँ । कोरोनाभाइरस (कोभिड-१९) संक्रमण विस्तार रोक्न काठमाडौंसहितका जिल्लाहरूमा निषेधाज्ञा शुरु भएसँगै सरकारले कोरोनाविरुद्धको खोप अभियान स्थगित गरेको छ। २० लाख ९१ हजार ५११ जनाले खोपको पहिलो डोजको खोप लगाएका थिए ।
त्यस्तै ३ लाख ६२ हजार १ जनाले खोपको दोस्रो डोज लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। भारतबाट खरीद र अनुदान गरी २० लाख, कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार र चीनबाट ८ लाख अनुदान गरी ३१ लाख ४८ हजार भायल खोप देशमा भित्रिएको छ।