image
image
अनलाइन जुवा सञ्चालन गरेको आरोपमा आमा-छोरी पक्राउ, झापा

अनलाइन जुवा सञ्चालन गरेको आरोपमा आमा-छोरी पक्राउ, झापा

काठमाडौं   -   झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा अनलाइन जुवा सञ्चालन गरेको आरोपमा आमा-छोरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४१ वर्षीया इन्दिरा प्रसाईँ र उनकी २१ वर्षीया छोरी सिम्रन प्रसाईँ रहेका छन्।

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बुधबार बिहान २:३० बजे विशेष सूचनाको आधारमा छापा मारी उनीहरूको घरबाट ५ थान मोबाइल, २ थान ट्याब्लेट र १ थान ल्यापटप बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका आमा-छोरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।