गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते
काठमाडौं - गोरखा नगरपालिका–४, फिनामका चार वर्षीया सुविना सुर्खेतीको गोरखाबाट आरूघाटतर्फ गइरहेको ग २ ख ९२५ नम्बरको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ। बसबाट ओर्लने क्रममा सोही बसको ठक्करबाट बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा परेर बालिकाकी आमा २० वर्षीया विनिता सुर्खेती गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि प्रदेश अस्पताल गोरखामा भर्ना गरिएको छ।
प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार घटनाको अनुसन्धान जारी रहेको छ।









