पर्सामा चट्याङ लागेर १५ वर्षीय युवकको मृत्यु
काठमाडौं - पर्सागढी नगरपालिका घर भई वीरगन्ज महानगरपालिका–३२ मा बस्दै आएका १५ वर्षीय शिवशंकर माझीको बुधबार बिहान चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
मंगलबार राति खाना खाएर घरमा सुतिरहेका माझीलाई बुधबार बिहान करिब ५ बजे चट्याङ लागेको थियो। घटनामा परेर उनी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
माझीको शव अहिले नारायणी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। यस घटनामा थप अनुसन्धान जारी रहेको छ।









