वैदेशिक रोजगारीको नाममा ठगी गर्ने चार जना पक्राउ
काठमाडौं - वैदेशिक रोजगारीको नाममा विभिन्न देशमा पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विकाश गुरुङ, रन्जना अधिकारी, यादव प्रसाद घिमिरे र लोकजन खड्का रहेका छन् । उनीहरुले जापान, क्रोएसिया अजरबैजानजस्ता देशमा पठाउने भन्दै ठगी गरेका छन् ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा पारी विदेश नपठाइ सम्पर्कविहीन भएका थिए। सम्पर्क विहीन भएको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।









