image
image

आर्थिक अभावले नाबालिकाको संसार अन्धकार, हुन सकेन उपचार !

बझाङ - जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौराकी ६ वर्षीया शिवानी सिंह र उनका आठ वर्षीय दाजु वैशाख १७ गते अपराह्न ४ बजेतिर घर नजीकै आँगनमा हाँस्दै रमाउँदै खेलिरहेका थिए ।

एक्कासि आएको हावाहुरीका कारण शिवानीको आँखामा खेलिरहेकै अवस्थामा छारो पस्यो । त्यतिबेला केही पनि भएन र त्यो दिन आँखामा छारो पसेको कुरा उनले आमालाई भनिनन् । विस्तारै शिवानीको आँखा बिझाउन र दुख्न थाल्यो । तीन दिनपछि देब्रे आँखा पूर्णरुपमा बन्द नै भयो ।

आमा धर्मादेवीले भनिन्, “एकातिर पासमा पैसा थिएन । अर्कातिर उपचार गर्न जाऊँ भने कोरोनाले अस्पताल बन्द छन् कि भन्ने सोचेँ । मेडिकलमा जाँदा जिल्ला अस्पताल जाऊ भनियो, जिल्ला अस्पताल जाँदा हामी सक्दैनौँ, धनगढीको गेटा अस्पताल जाऊ भनियो । अब कसरी जाने ?"

शिवानीका बुवा लोकेन्द्र २०७७ साल पुसमा काम गर्न भारतको पाण्डेसरी गएका थिए । धर्मादेवीले निन्याउरो मुख लाउँदै भनिन्, “घरमा चामल सकिएको छ । एक कट्टा चामल किन्यौँ । उता श्रीमान् नौकरी लागेको होटलका साहुकी श्रीमतीको कोरोना लागेर निधन भएपछि त्यो नोकरी पनि सकियो ।”

घरमा खाने अन्न पनि नभएको जनाउँदै धर्मादेवीले शिवानीको आँखाको उपचारका लागि सहयोग गरिदिन सबैलाई आग्रह गरेकी छन् । बालिकाको उपचारका लागि राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला संवाददाता रमेश केसीले रु पाँच हजार सहयोग गर्दै शिवानीको आँखाको नानी बचाउ अभियान चलाई साथीभाइ, इष्टमित्रसँग अर्थ सङ्कलन गर्न लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।