image
image
धनगढीमा हाते ट्याक्टरको ठक्करबाट घाइते बालकको उपचारका क्रममा भारतमा मृत्यु

धनगढीमा हाते ट्याक्टरको ठक्करबाट घाइते बालकको उपचारका क्रममा भारतमा मृत्यु

काठमाडौं   -    धनगढी उपमहानगरपालिका–७ स्थित जोखर ताल नजिक ६ जेठमा हाते ट्याक्टरको ठक्करबाट घाइते भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २ वर्षीय देजल मल्लको उपचारका क्रममा भारतको रुद्रपुरस्थित मेडीसिटी अस्पतालमा मृत्यु भएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, मल्ललाई जेठ ४ गते साँझ करिब ६ बजेतिर जाखोर ताल नजिकै भजनी नगरपालिका–४ बिजुलियाका जितेन्द्र चौधरीका १४ वर्षीया छोरा आर्यन चौधरीले चलाएको नम्बर नभएको हाते ट्याक्टरले ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट बालकको टाउकोमा गम्भीर चोट लागेको थियो। धनगढीको निसर्ग अस्पतालले उनको अवस्था जटिल देखिएपछि थप उपचारका लागि भारत रेफर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।