image
image
सुनकोशी नदीमा पौडी खेल्ने क्रममा खोटाङका किशोर बेपत्ता

सुनकोशी नदीमा पौडी खेल्ने क्रममा खोटाङका किशोर बेपत्ता

काठमाडौं   -    खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवा घर भएका १६ वर्षीय सविन राई शनिबार बिहान करिब ११ बजेतिर सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्। स्थानीय वडाध्यक्ष देबेन्द्र राईका अनुसार, सविन राईलाई नदीले बगाएको जानकारी प्राप्त भएको छ।

स्थानीयहरूले खोजी कार्य जारी राखेपनि हालसम्म सविन राईको अवस्था थाहा हुन सकेको छैन। च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।