image
image
भोजपुरका किसान मकैबालीमा फौजी किराको प्रकोपबाट चिन्तित

भोजपुरका किसान मकैबालीमा फौजी किराको प्रकोपबाट चिन्तित

काठमाडौं    -    भोजपुर जिल्लाका किसानहरू मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढ्दै गएपछि चिन्तित भएका छन्। वैशाख महिनाको अन्तिम साताबाट शुरु भएको यो समस्या विशेषगरी तल्लो भेगका क्षेत्रहरूमा बढी देखिएको छ।

स्थानीय कृषक धनबहादुर थापाका अनुसार, किराले मकैको गुबो भित्र प्रवेश गरी गुबो खाइदिने, पात खाने र मकै पहेंलो भएर मर्ने समस्या उत्पन्न भएको छ। यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिएको छ, जसले मकैको उत्पादन घट्ने अवस्था रहेको छ।

भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङ, टेम्केमैयुङ, अरुण गाउँपालिका लगायतका तल्लो भेगका क्षेत्रहरूमा फौजी किराको प्रकोप देखिएको छ। किराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ, जसले मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादनमा असर पुर्याएको छ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार, किराको नियन्त्रणका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।