भक्तपुरको झोलुंगे पुल नजिक सुख्खा पहिरो खस्दा १ जना घाइते
काठमाडौं - भक्तपुरको सूर्यविनायक नगरपालिका-१० स्थित झोलुंगे पुल नजिकै सडक विस्तारका क्रममा माथिबाट सुख्खा पहिरो खस्दा एक जना घाइते भएका छन्। घाइते हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-५ घर भइ हाल भक्तपुर पलासे बस्ने ५२ वर्षीय तुलारा थारू रहेका छन्।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी ढुन्डीराज न्यौपानेका अनुसार, पुल मुनि सडक विस्तारको काम भइरहेको बेला माथिबाट सुख्खा पहिरो खसेको हो। घाइते थारूलाई उपचारका लागि नगर अस्पताल सूर्यविनायक लगिएको छ। उनीका दुईवटा माथिल्लो दाँत भाँचिएको डिएसपी न्यौपानेले जानकारी दिए।









