image
image
धनगढीमा साल नकाटेको बेवारिसे अवस्थामा नवजात शिशु फेला

धनगढीमा साल नकाटेको बेवारिसे अवस्थामा नवजात शिशु फेला

काठमाडौं   -   कैलालीको धनगढी उपमहानगरपालिका–१४, फुलबारीस्थित ‘एच’ गाउँमा साइनो चोकनजिक झाँडीमा साल नकाटेको अवस्थामा बेवारिसे एक नवजात शिशु फेला परेको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शिशु रोइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शिशु कसको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए। शिशुलाई सेती प्रादेशिक अस्पताल ल्याइ एनआइसियूमा राखेर स्याहार भइरहेको र अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए। कसले जन्माएर फालेको हो भन्नेबारे खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।