यूएन प्रोग्रामले ५० करोड भ्याक्सिन किन्न गर्यो सम्झौता
काठमाडौँ। संयुक्त राष्ट्र संघले कोरोनाविरुद्धको ५० करोड डोज भ्याक्सिन किन्ने सम्झौता गरेको छ। यूएन कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीसँग खरिद गरिने उक्त परिमाणको भ्याक्सिन गरिब देशमा पुर्याउने बताइएको छ।
भ्याक्सिन यो वर्षको चौथो त्रैमासिकसम्म उपलब्ध गरारिने छ। विश्व स्वास्थ्य संगठनले धनी देशहरुले भ्याक्सिन आवश्यकताभन्दा बढी खरिद गरेकोमा चिन्ता प्रकट गरिसकेको छ। भ्याक्सिनमा समान पहुँच हुनुपर्ने संगठनको माग छ।