बालुवाटार भेट: प्रधानमन्त्री ओली र देउवाबीच सत्तारुढ दलका नेताहरुको छलफल
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुबीचको महत्वपूर्ण छलफल बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले उठेका विषयमा संसदमा प्रस्ट पार्ने सहमति भएको छ।
बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओली, सभापति देउवा, गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए। प्रमुख सचेतक बर्तौलाले बालुवाटार छलफलमा संसद्को गतिरोध खुलाउने बारेमा छलफल भएको बताए। उनका अनुसार, "उठेका विषयमा आजको संसद् बैठकमा गृहमन्त्रीले प्रस्ट पार्नुहुन्छ," भनेका छन्। मंगलबारको बैठक विपक्षीको अनुरोधमा स्थगित भएको थियो।









