image
image
विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं   -   प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको गठनको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक ३० मिनेटका लागि स्थगित गरेका छन्।

बैठक सुरु हुने वित्तिकै विपक्षी दलका सांसदहरूले नाराबाजी गर्दै संसदको कामकारवाहीलाई अघि बढ्न नदिएपछि सभामुखले बैठक स्थगित गर्नुपरेको बताएका छन्। यसअघि मंगलबार पनि सोही विषयमा विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित गरिएको थियो।

सभामुख घिमिरेले गृहमन्त्रीलाई बोल्नको लागि वातावरण बनाउन आग्रह गरेका थिए, तर विपक्षी दलका सांसदहरूले आफ्नो अडान कायम राखेपछि बैठक स्थगित गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।