image
image
चितुवाको आक्रमणबाट बालिकाको मृत्यु, बालापुरमा चक्काजाम र विरोध

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु, बालापुरमा चक्काजाम र विरोध

काठमाडौं   -    बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरमा चितुवाको आक्रमणमा परेर ६ वर्षीया सायरा थारुको मृत्यु भएको छ। बुधबार बिहान घरको शौचालय गएकी बालिकामाथि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालका अनुसार बालिकाको शव बर्दिया अस्पताल गुलरियामा राखिएको छ। पछिल्ला दिनमा गुलरिया क्षेत्रमा चितुवाको आक्रमण बढ्दो क्रममा छ।

चितुवाले चारभन्दा बढी बालबालिकाको ज्यान लिइसकेको भन्दै आक्रोशित बालापुरवासीले जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासहित चक्काजाम गरेका थिए।

चितुवा नियन्त्रणका लागि जिल्लास्थित सुरक्षा समितिमा सहमति भएपछि चक्काजाम हटाइएको गुलरिया–५ का वडा सदस्य सोवेन्द्र बहादुर चौधरीले जानकारी दिए। तर, स्थानीयहरूले आफ्ना मागहरू तत्काल पूरा नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।