image
image

माइक्रो सफ्टका मालिक बिल गेट्सको सम्बन्ध बिच्छेद

काठमाडौं । माइक्रो सफ्टका मालिक बिल गेट्स र उनकी श्रीमति मेलिन्दाले सम्बन्ध बिच्छेद गर्ने भएका छन् । मेलिन्दाले २७ वर्ष लामो वैवाहिक जीवनबाट अलगअलग हुने भन्ने बारे आफ्नो ट्वीटरबाट जानकारी गराएकी थिइन्। मेलिन्दाले अफ्नो ट्वीटरमा दुबैको बयान राख्दै लेखेकि छिन्–‘हामीलाई लाग्दैन की अब हामी एकै भएर यात्रा अघि बढाउन सक्छौं ।’

धेरै सोचेर, सम्झेर आफुहरुले छुट्टिने निर्णय लिएको पनि मेलिन्दाले लेखेका छिन् । ‘धेरै सोधेर, सम्झेर अनि सम्बन्धमा काम गरेपछि हामीले आफ्नो वैवाहिक जीवन अन्त्य गर्ने निर्णय लिएका हौं’, उनले ट्वीटरमा लेखेकी छिन् । उनीहरु दुईबाट तीन सन्तान भएका छन् । उनीहरुले बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेशन मार्फत विश्वभर स्वास्थ्य र जीवन यापनबारे काम गरिरहेका छन् ।

सम्बन्ध बिच्छेदपछि पनि फाउण्डेशनको कामलाई दुबैले निरन्तरता दिने र संगै मिलेर अघि बढाउने प्रतिवद्धता पनि उनीहरुले गरेका छन् । आफुहरुको निर्णयलाई पारिवारिक निर्णयका रुपमा सम्मान गरिदिन पनि उनीहरुले अपिल गरेका छन् । सन १९८० को दशमा बिल र मेलिन्दाको भेट भएको थियो । त्यतिबेला मेलिन्दा माइक्रोसफ्टमा काम गर्थिन् ।

‘गिभिङ प्लेज’ नामको अभियान मार्फत उनीहरुले फाउण्डेशन अघि सारेका थिए । त्यसमा अर्का डलर अर्बपति वारेन बफेटको पनि भूमिका थियो । यसले अर्बपतिहरुलाई आफ्नो सम्पतिको ठूलो हिस्सा समाजिक उत्थानमा खर्च गर्न दान दिन्छ । फोर्ब्स म्यागेजिनका अनुसार १२४ बिलियन डलर सम्पतिसहित बिल गेट्स संसारका चौथो धनी व्यक्ति हुन् । १९७० को दशकमा गेट्सले माइक्रोसफ्टको स्थापना गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।