image
image
संयुक्त राष्ट्रसंघमा ७ हजार जागिर धरापमा, आगामी २० महिनामा २० प्रतिशत कर्मचारी कटौती

संयुक्त राष्ट्रसंघमा ७ हजार जागिर धरापमा, आगामी २० महिनामा २० प्रतिशत कर्मचारी कटौती

काठमाडौँ   -    संयुक्त राष्ट्रसंघ (युएन) मा आगामी २० महिनाभित्र हजारौँ कर्मचारीहरूले आफ्नो जागिर गुमाउने जोखिममा परेका छन्। रोयटर्स समाचार एजेन्सीको एक रिपोर्टअनुसार, युएनले आन्तरिक ज्ञापन पत्रमार्फत कर्मचारी कटौतीको योजना सार्वजनिक गरेको छ।

संगठनले कुल कर्मचारी संख्याको २० प्रतिशत कटौती गर्ने तयारी गरेको छ, जसले गर्दा करिब ७ हजार जागिर जोखिममा पर्नसक्ने बताइएको छ।

युएनमा देखिएको आर्थिक संकटलाई यस कटौतीको मुख्य कारण मानिएको छ। रिपोर्टअनुसार, युएनले अमेरिकालाई अझै डेढ अर्ब अमेरिकी डलर तिर्न बाँकी रहेको छ। यो तथ्याङ्क युएन नियन्त्रकले सार्वजनिक गरेका हुन्।

यो जानकारी त्यतिबेला बाहिर आएको हो, जब अमेरिकी अर्बपति तथा पूर्व राष्ट्रपतिको सल्लाहकार एलन मस्कले खर्च बढाउने कानुनहरूप्रति असहमति जनाउँदै आफ्नो राजीनामा घोषणा गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले नोभेम्बर २० मा पदभार सम्हालेपछि खर्च कटौतीलाई प्राथमिकता दिँदै विभिन्न निर्णयहरू लिएका छन्। उनले विश्व स्वास्थ्य सङ्गठनजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको अनुदान कटौतीका साथै हार्वर्ड विश्वविद्यालयजस्ता शैक्षिक संस्थाहरूलाई दिइने अनुदानसमेत रोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।