नागार्जुनमा भ्यानबाट खसेर महिलाको मृत्यु, चालक पक्राउ
काठमाडौँ - काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित टेम्पो पार्क क्षेत्रमा शुक्रबार बिहान भ्यानबाट खसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका–७ घर भई हाल नागार्जुन–६ रामकोटमा बसोबास गर्दै आएकी ३८ वर्षीया कोपिला परियार रहेको प्रहरीले जनाएको छ।
महालक्ष्मीस्थान (महाँकाल) बाट सीतापाइला जाँदै गरेको बा.प्र.०१–००२ ज ७०५७ नम्बरको भ्यानबाट परियार खसेर गम्भीर घाइते भएकी थिइन्।घाइते अवस्थामै उनलाई तत्काल मनमोहन अस्पताल लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार भ्यानका चालकलाई नियन्त्रणमा लिइएको छ र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।









