रौतहटमा झुलुंगे पुलनजिक नवविवाहित युवतीको शव फेला, हत्या आशंका
काठमाडौँ - रौतहटको दुर्गाभगवती गाउँपालिका–५ स्थित साँझ खोलाको झुलुंगे पुल नजिक बिहीबार दिउँसो नवविवाहित युवतीको शव बेवारिसे अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार शव अन्दाजी २५ वर्षीया युवतीको हो, जसको हालसम्म पहिचान खुल्न सकेको छैन।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरको शवगृहमा राखेको छ। घटनालाई शंकास्पद मान्दै प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। डीएसपी रायका अनुसार, एक/दुई दिनअघि युवतीको हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।









