image
image
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना: एक महिलाको मृत्यु, चालक घाइते

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना: एक महिलाको मृत्यु, चालक घाइते

काठमाडौँ    -    चन्द्रागिरि नगरपालिका–४ पानीघाटमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल मकवानपुरको चित्लाङबाट काठमाडौँतर्फ आउँदै गर्दा राति पौने ८ बजे दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका–१ की ३६ वर्षीया सुनिता बलामी गम्भीर घाइते भइ उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालमा उपचारका लागि लगिएको थियो तर चिकित्सकहरूले उनको ज्यान बचाउन सकेनन्। दुर्घटनामा मोटरसाइकल चालक मानबहादुर बलामी घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र एपीएफ अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।