image
image
परराष्ट्रमन्त्री आरजु राणा देउवाको हङकङ भ्रमण सम्पन्न

परराष्ट्रमन्त्री आरजु राणा देउवाको हङकङ भ्रमण सम्पन्न

काठमाडौँ    -    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भई स्वदेश फर्किएकी छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन्।

नेपाल उक्त महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हस्ताक्षर समारोहमा ३२ देशले महासन्धिमा हस्ताक्षर गरेका थिए भने ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय संघ-संगठनको सहभागिता रहेको थियो।

नयाँ स्थापित संगठनले विभिन्न देशहरू, निजी व्यवसाय, कम्पनी तथा नागरिकहरूबीच उत्पन्न विवादहरूलाई मध्यस्थतामार्फत समाधान गर्ने लक्ष्य लिएको छ।

हङकङ भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता पनि गरेकी थिइन्। भेटमा नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने, आर्थिक, प्राविधिक तथा व्यवसायिक सहकार्य विस्तार गर्ने, र चीनको सहयोगमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको जानकारी डा. राणाले दिइन्।

उनले थप भनिन्, “सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिक उत्सव मनाइँदैछ, यस अवसरमा विशेष कार्यक्रम र उच्चस्तरीय भ्रमणहरू आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको छ।”

परराष्ट्रमन्त्री डा. राणाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा उत्तरपूर्व एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गाना, हङकङस्थित नेपालका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलगायत अन्य अधिकारीहरूको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।