image
image
२५० करोड हिनामिना प्रकरण: कर्णाली बैंकका पूर्व सीईओ राजेन्द्र वीर राय पक्राउ

२५० करोड हिनामिना प्रकरण: कर्णाली बैंकका पूर्व सीईओ राजेन्द्र वीर राय पक्राउ

काठमाडौँ    -    कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय २५० करोड रुपैयाँभन्दा बढी बैंक रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शनिबार उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियाबाट नियन्त्रणमा लिएको हो।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार रायले बचतकर्ताहरूको २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेका थिए र त्यसपछि फरार रहेका थिए।

उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको अभियोगमा पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जनाइएको छ। सो प्रक्रिया नेपाल राष्ट्र बैंकसँगको समन्वयमा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।