image
image
इमाडोलमा छतमा सेकुवा पोल्दा छिमेकीले दमकल बोलाए, सामाजिक सञ्जालमा चर्चा

इमाडोलमा छतमा सेकुवा पोल्दा छिमेकीले दमकल बोलाए, सामाजिक सञ्जालमा चर्चा

काठमाडौँ    -    ललितपुरको इमाडोलस्थित एक पाँचतले घरको छतबाट धुवा र आगाको झल्को देखिएपछि छिमेकीले आत्तिएर दमकल बोलाए। शुक्रबार बेलुकीको यो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

घटनाको पुष्टि गर्दै ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाछेथुले साँझ साढे सात बजेतिर आगलागीको सूचना प्राप्त भएको र दमकलसहित टोली घटना स्थलमा पुगेको जानकारी दिए। घटनास्थल महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको सिमानामा पर्छ।

स्थलमा पुग्दा घरको छतमा आगो बालिएको देखिएको र ती व्यक्तिहरूले सेकुवा पोलिरहेका मात्र भएको पुष्टि भएपछि दमकल फर्काइएको थियो। पानी प्रयोग गरेर आगो निभाउनु परेको थिएन।

हाछेथुले भने, "त्यहाँ आगो ताप्न बालेको भनिएको थियो। तर उपत्यकामा अहिले यस्तो जाडो छैन, ताप्न आगो बाल्ने कारण छैन। सम्भवतः सेकुवा पोलेको हुनुपर्छ। छिमेकीले आगलागी ठानेर हतारमा दमकल खबर गरेका रहेछन्।"‘छतमा आगो लाग्नु नपर्ने हो भन्ने त हामीले सोचेको हो। तर कसरी लाग्यो भनेर प्रश्न गरेर बस्ने कुरा त आएन नि! त्यसैले हामी मुभ भइहाल्यौं। त्यहाँ पुगेपछि सेकुवा पोलेर रमाइलो गरेको हो, आगो लागेको होइन भनेपछि हामी फर्किएका हौं,’।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।