image
image
नवलपरासीको देवचुलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा चालकको मृत्यु, पाँचजना घाइते

नवलपरासीको देवचुलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं   -   देवचुली–२ दुम्कोली चोकमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना ४ च ४६१६ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको बा २० च ७२ नम्बरको स्कुल भ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा दिव्य एकेडेमी बोर्डिङ स्कुल, केउरेनीका भ्यान चालक देवचुली–१ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको उपचारका क्रममा चितवन मेडिकल कलेज, भरतपुरमा बिहान ९:२० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

त्यसैगरी दुर्घटनामा घाइते भएका दुई विद्यार्थीसहित अन्य चारजनालाई मनकामना अस्पताल, भरतपुरमा उपचारका लागि पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।