image
image
सार्वजनिक यातायात बन्द हुँदा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा काठमाडौंमा सञ्चालन

सार्वजनिक यातायात बन्द हुँदा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा काठमाडौंमा सञ्चालन

काठमाडौं   -   सार्वजनिक यातायात बन्द भएपछि यात्रुहरू मर्कामा परेका बेला सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यात्रुहरूको सहजताका लागि दुईवटा निःशुल्क बस सेवा सञ्चालन गरिएको हो।

एक बस सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन भई स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म चल्नेछ। अर्को बस भने स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगञ्ज हुँदै चक्रपथ परिक्रमा गर्नेछ।

"यात्रा गर्न समस्या परेका सर्वसाधारणका लागि यी बसहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन्," डिएसपी थापाले जानकारी दिए।

यातायात व्यवसायीहरूले विभिन्न माग राख्दै सार्वजनिक सवारी साधन सञ्चालन बन्द गरेपछि नेपाल प्रहरीले पनि सोमबार दुईवटा निःशुल्क बस सञ्चालनमा ल्याइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।