ओमन सरकारले श्रम बजारमा गर्यो कडाइ
काठमाडौँ । ओमन सरकारले रोजगार प्रदायक संस्थान तथा कम्पनीहरुमा निरीक्षण गर्ने कामलाई कडाइ गरेको छ।
आफ्नो निरीक्षण कार्यलाई कडाइ गरेसँगै श्रम मंत्रालयको निरीक्षण टोलीले नियम उल्लंघन गर्ने श्रमिकहरूका साथसाथै रोजगार प्रदायक संस्थान तथा कम्पनीहरु पनि मन्त्रालयको कारबाहीमा परेका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार ६ सय १७ जना प्रवासी श्रमिकलाई श्रम कानूनको प्रावधान र यसको कार्यान्वयन गर्ने प्रक्रियाहरूको उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ। जसमा मस्कट गभर्नेटले सबैभन्दा बढी १ सय ६२ जनाको पक्राउ गरेको छ।
नियम उल्लंघन गर्ने ५३ वटा संस्था र सार्वजनिक मुद्दा परेका ९ संस्थालाई श्रम मन्त्रालयको निरीक्षण टोलीले कारबाही अगाडि बढाउने भएको छ । नियम उल्लंघन गर्नेहरुलाई ५६ वटा भन्दा बढी लिखित चेतावनी जारी गरिएको छ। त्यस्तै, १ सय ४२ वटा मौखिक चेतावनी र नियम उल्लंघन गर्नेहरुलाई २ वटा ९७ वटा निर्देशनहरु जारी गरेको छ।
व्यवसायिक सुरक्षा र स्वास्थ्यको मापदण्डहरु उल्लंघन गर्ने प्रतिष्ठानविरुद्ध मन्त्रालयले ३७ वटा लिखित चेतावनी पनि जारी गरेको छ । त्यस्तै २७ वटा लिखित सतर्कता र १४ वटा निर्देशन पनि जारी गरेको थियो । १५ वटा सार्वजनिक अभियोजनको लागि उजुरी परेका प्रतिष्ठानमा पुनः अवलोकन गरिएको थियो। निरिक्षण गरिएका मध्ये १ सय ५ वटा उद्यमहरु भने व्यावसायिक स्वास्थ्य र सुरक्षा मापदण्डको लागि प्रतिबद्ध थिए।
निरीक्षण सम्बन्धमा प्रतिवेदनले थप बताएअनुसार श्रम मन्त्रालयले ७ सय ३६ प्रतिष्ठानमा गरेका ४ सय ९१ निरीक्षण अनुसार ओमनमा कुल ९७ हजार ५३ श्रमिकहरु भएको पाइएको छ।
ओमनको श्रम मन्त्रालयको २०२१ को पहिलो त्रैमासिक रिपोर्ट अनुसार २०२१ मार्चको अन्त्यसम्ममा ४५ हजारभन्दा बढी प्रवासीले ओमन छोडेका छन् । त्यस्तै करिब ७० हजारले ओमन छोड्नको लागि नाम दर्ता गरेका थिए।
३१ मार्च सम्ममा ‘ग्रेस पिरीयड’ मै ओमन छाड्नको लागि नाम दर्ता गरेका आप्रवासी श्रमिकको कुल संख्या ६९ हजार ४ सय ६७ थियो । जबकि वास्तविक रुपमा छोड्नेको संख्या ४८ हजार ८ सय ६३ रहेको छ।