image
image
दाङको तुलसीपुरमा किशोरबीचको कुटपिटले लिए एकको ज्यान

दाङको तुलसीपुरमा किशोरबीचको कुटपिटले लिए एकको ज्यान

काठमाडौँ    -     दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिट घटनामा एक किशोरको मृत्यु भएको छ। कुटपिटबाट गम्भीर घाइते भएका रुकुम बाँफिकोट गाउँपालिकाका १४ वर्षीय विराज गिरीको उपचारको क्रममा नेपालगञ्जस्थित नर्सिङ होममा निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गिरीको टाउकोमा गम्भीर चोट लागेको थियो। बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच सामान्य भनिएको झगडा कुटपिटमा परिणत भएको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार कुटपिटमा संलग्न यज्ञ वलीलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।