image
image
कैलालीमा चोरीका आठ मोटरसाइकलसहित चार जना पक्राउ

कैलालीमा चोरीका आठ मोटरसाइकलसहित चार जना पक्राउ

काठमाडौँ    -   कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न स्थानबाट चोरी गरिएका आठ वटा मोटरसाइकलसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठका अनुसार इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका–१ को लोहारपुर र जंगल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–२ साडेपानीका २२ वर्षीय मदन सार्की, घोडाघोडी–१ लोहारपुरका १४ वर्षीय किशोर निराजन शाही, घोडाघोडी–१० पहलमानपुरका २३ वर्षीय जितेन्द्र चौधरी र लक्ष्मीपुरका १४ वर्षीय निराजन शाही रहेका छन्। उनीहरूमध्ये मदन सार्की यसअघि पनि दुई पटक चोरी मुद्दामा र निराजन शाही एक पटक कैद भुक्तान गरिसकेको प्रहरीले जनाएको छ।

डीएसपी श्रेष्ठका अनुसार, चौधरी चोरी गरिएका मोटरसाइकलहरू सस्तोमा किनेर नाफा कमाउने कारोबारमा संलग्न थिए। पक्राउ परेका सबैलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गराई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

बरामद मोटरसाइकलहरूको विवरण यस प्रकार छ:

  1. नम्बर प्लेट नभएको हिरो कम्पनीको रातो–कालो रंगको सुपर स्प्लेण्डर

  2. सु.प.प्र. ०१–०१२ प ९३५८, कालो रंगको १२५ सीसी पल्सर

  3. सु.प.प्र. ०१–०११ प १५७८ नम्बर प्लेट टाँसिएको मोटरसाइकल

  4. भे ९ प ६९५८ नम्बर प्लेट टाँसिएको बजाज पल्सर

  5. से ५ प १०७२ नम्बर प्लेट टाँसिएको हिरो सुपर स्प्लेण्डर

  6. सु.प.प्र. ०१–०११ प ०४३८ नम्बर प्लेट टाँसिएको मोटरसाइकल

  7. सु.प.प्र. ०१–००८ प ०४१२ नम्बर प्लेट टाँसिएको मोटरसाइकल

  8. से ५ प ७१४९ नम्बर प्लेट टाँसिएको मोटरसाइकल

प्रहरीका अनुसार, मोटरसाइकलहरू विभिन्न स्थानबाट चोरी गरी जंगल क्षेत्रमा लुकाइ राखिएको अवस्थामा फेला पारिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।