image
image
राजावादी आन्दोलन देशव्यापी विस्तार, काठमाडौं बाहिर पनि विरोध कार्यक्रम

राजावादी आन्दोलन देशव्यापी विस्तार, काठमाडौं बाहिर पनि विरोध कार्यक्रम

काठमाडौँ    -   नवराज सुबेदी नेतृत्वको जनआन्दोलन समितिले काठमाडौं केन्द्रित आन्दोलनलाई देशभर विस्तार गर्ने निर्णय गरेको छ। सरकारले काठमाडौंका तीन स्थानमा मात्र प्रदर्शनको अनुमति दिएपछि समितिले राजधानीबाहिर आन्दोलनका कार्यक्रम ल्याउने रणनीति बनाएको हो।

जनआन्दोलन समितिमा आबद्ध ४५ दल, समूह र अभियानहरुको आज काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकपछि आन्दोलन विस्तार गर्ने निर्णय सार्वजनिक गरिएको हो।

यद्यपि बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित रहेका कारण केही कार्यकर्ताले असन्तुष्टि जनाउँदै होहल्ला गरेका थिए, जसका कारण बैठक निस्कर्षविहीन रूपमा स्थगन गरिएको थियो। तर त्यही बैठकको भावनालाई आधार मानेर नयाँ आन्दोलन कार्यक्रम घोषणा गरिएको जनआन्दोलन समिति संयोजक सुबेदीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

सुबेदीका अनुसार पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवका आधारमा भावी आन्दोलनको स्वरूपमा परिवर्तन गरिएको छ। अब काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहमा विरोध प्रदर्शन निरन्तर सञ्चालन हुनेछन् भने देशका प्रमुख शहरहरूमा विरोध सभा, धर्ना तथा जनप्रदर्शनहरू गरिनेछन्।

साथै, आजको बैठकले निजामति सेवाका कर्मचारी, सेना, प्रहरीलगायत विभिन्न पेशा र वर्गका नागरिकहरूलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन अपिल पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।