image
image
४ करोड ठगी आरोपमा पिसी इन्फोटेककी सञ्चालक श्रुति रौनियार पक्राउ

४ करोड ठगी आरोपमा पिसी इन्फोटेककी सञ्चालक श्रुति रौनियार पक्राउ

काठमाडौँ    -   चार करोड ३२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पिसी इन्फोटेक प्रालिकी सञ्चालक श्रुति रौनियारलाई प्रहरीले पक्राउ गरेको छ। उनका विरुद्ध ठगी, आपराधिक विश्वासघात र बैंकिङ कसुरसम्बन्धी मुद्दामा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बिहान रौनियारलाई पक्राउ गरी पर्सा पठाएको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।

धनुषास्थित रमण/विकास एन्ड ब्रदर्स जेभीका तर्फबाट अख्तियार प्राप्त अरुणकुमार शाहले गत चैत २२ गते पर्सा जिल्ला प्रहरी कार्यालयमा रौनियारविरुद्ध उजुरी दिएका थिए।जाहेरीका आधारमा पर्सा जिल्ला अदालतबाट चैत २६ गते पक्राउ अनुमति लिएपछि प्रहरीले सर्कुलर जारी गरी खोजी गर्दै आएको थियो।

पर्साका डीएसपी किशोर लम्सालका अनुसार, "कसरी ठगी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ," उनले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।