अस्ट्रेलियाको राजदूत बनेका दाहाललाई सरकारद्वारा फिर्ता बोलाईयो
काठमाडौं २१ वैशाख । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको कोटाबाट राजदूत बनेका दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अष्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्यसमेत रहेका दाहाल माओवादीमा प्रवेश गर्नुअघि कांग्रेस निकट तरुण दलमा आबद्ध थिए ।