चट्याङ लागेर दुई जनाको मृत्यु
काठमाडौँ । बैतडीको पञ्चेश्वर गा.पा.का.–६ रोडीदेवल बस्ने ४५ वर्षीय गोबिन्द सिंह भण्डारीको चट्याङ लागेर सोमबार मृत्यु भएको छ। घर नजिकै मकै पिस्ने मिलमा काम गर्दै गरेको अवस्थामा चट्याङ लागेर उहाँको मृत्यु भएको हो।
यस्तै, झापाको भद्रपुर न.पा.का.–३ किच्चकवधमा गस्ती गर्ने क्रममा चट्याङ लागेरप्रहरी सहायक निरीक्षक महादेव ठाकुरको सोमबार नै मृत्यु भएको हो।
झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ चट्याङ लागेर घाइते हुनु भएको थियो ।
तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पतालसम्म पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए ।