अमेरिका प्रवेश गर्न पाउने आप्रबासी शरणार्थी सङ्ख्यामा चार गुणा वृद्धि
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको संख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ ।
आप्रवासी शरणार्थीबारे लिएको कडा कदमपछि पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाले वार्षिक १५ हजार शरणार्थी मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था गरिएको थियो ।
ट्रम्पको उक्त कदमले शरणार्थीहरुलाई प्रवेशमा गरिएको कडाइका कारण विश्व समुदायले अमेरिकालाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको भन्दै वर्तमान अमेरिकी राष्ट्रपति बाइडेनकै ‘डिमोक्र्याटिक पार्टी’का उदारवादी नेताहरूको दबाबपछि सोमबार यो निर्णय आएका हुन्।
धेरै आप्रवासीलाई प्रवेश दिँदा मेक्सिको–अमेरिका सीमा क्षेत्रमा आप्रवासीहरूको संख्या बढ्न सक्ने चिन्ता राष्ट्रपति बाइडेनले व्यक्त गरे पनि आफ्नै दलका नेताहरूको दबाबपछि बाइडेनले यो निर्णय गरेको विभिन्न विज्ञहरूको भनाइलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सोमबार वार्षिक शरणार्थीको संख्या ६२ हजार पाँच सय बनाउने घोषणा गर्दै यसले पूर्वराष्ट्रपति ट्रम्पले तय गरेको इतिहासकै कम संख्याको नीतिलाई मेटाएको बाइडेनको भनाइ छ । आउँदो वर्ष वार्षिक रूपमा प्रवेश गर्न दिने शरणार्थीको संख्या एक लाख २५ हजार बनाउने योजना आफ्नो प्रशासनको रहेको पनि बाइडेनले बताए ।
अमेरिकाको शरणार्थी व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार गत अक्टोबरदेखि मार्चसम्ममा करिब दुई हजार शरणार्थी मात्रै अमेरिका प्रवेश गरेका छन् ।
बाइडेनले शरणार्थी प्रवेश वृद्धिका लागि सरकारी निर्णयमा हस्ताक्षर गर्नुपूर्व भने, अनुमति विश्वले शरणार्थीहरूको दिमागमा कुनै शंका उब्जाउने अवस्था हटाउनको लागि आज यो कदम चाल्नु आफ्नो नयाँ जीवनको लागि पर्खिरहेका आप्रबासी शरणार्थीको लागी महत्वपूर्ण हुनेछ ।