प्रधानमन्त्री कार्कीद्वारा विपद् व्यवस्थापन परिषद्को बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक मंगलबार बिहान ११:३० बजेका लागि आह्वान गरेकी छन्। बैठकमा राहत वितरण, पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायतका विषयमा महत्वपूर्ण निर्णय हुने बताइएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार हालसम्म अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ४५ जनाको मृत्यु, ६ जना बेपत्ता र २४ जना घाइते भएका छन्। पीडितको निःशुल्क उपचार तथा राहत सामग्रीको वितरण प्रशासनको समन्वयमा भइरहेको छ। उनले अझै केही क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए।









