नयाँ रेकर्ड: सुनको मूल्यमा दुई हजार ३०० रुपैयाँको वृद्धि
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार रु २,३३,१०० मा कारोबार भएको सुन आज रु २,३५० बढेर रु २,३५,४०० मा पुगेको छ।
चाँदीको मूल्य भने स्थिर रहँदै सोमबारकै दर रु २,९६० कायम छ।









