रास्वपाको सचिवालय बैठक आज, विस्तारित बैठकको तयारी मुख्य एजेन्डा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ। पार्टीका प्रवक्ता मनिष झाले बैठकको जानकारी दिँदै विभिन्न महत्त्वपूर्ण विषयहरूमा छलफल हुने बताएका छन्।
उनका अनुसार बैठकमा आगामी कात्तिक १४ र १५ गतेका लागि तय गरिएको केन्द्रीय विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थाबारे चर्चा हुनेछ। त्यसैगरी, विपद् व्यवस्थापनमा पार्टीको भूमिका, आगामी अभियानहरूको योजना, र सद्भाव यात्रासम्बन्धी कार्यक्रमबारे समेत बैठकमा विचार–विमर्श गरिनेछ।









