सुनको मूल्यमा उल्लेख्य वृद्धि
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेको छ।
मंगलबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार २ हजार ६ सय रुपैयाँले बढेको हो।
त्यसैगरी, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। मंगलबार प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँले घटेर २ हजार ९ सय ५५ रुपैयाँमा झरेको छ।









