सुनको मूल्य तोलामा २ लाख ४० हजार नजिक, चाँदी पनि महँगियो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको २ लाख ३८ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ पुगेको छ।
यसैगरी, चाँदीको मूल्यमा समेत उल्लेखनीय वृद्धि भएको देखिन्छ। बुधबार तोलाको २ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा ३ हजार ३५ रुपैयाँमा किनबेच भएको हो।









