कवाडखाना बन्यो जलेको संसद भवन: थुपारिए आगजनीमा नष्ट भएका सवारीसाधन
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार र काठमाडौंका विभिन्न स्थानहरूमा आगजनीमा परेका सवारीसाधनहरू अहिले नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा थुपारिएको छ।
आन्दोलनका बेला संसद् भवनमा आगलागी हुँदा त्यहाँ रहेका भौतिक संरचना पूर्ण रूपमा नष्ट भएका थिए। तत्काल भवन प्रयोगमा आउने सम्भावना नदेखिएपछि उक्त परिसरलाई आगजनीबाट क्षतिग्रस्त भएका सवारीसाधनहरूको अस्थायी थलो बनाइएको हो। तस्बिर : नेपाल फोटो लाइब्रेरी









