image
image
आज बस्दै सचिवालय बैठक, पार्टी एकता र फागुन चुनाव केन्द्रमा छलफल

आज बस्दै सचिवालय बैठक, पार्टी एकता र फागुन चुनाव केन्द्रमा छलफल

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ। बैठकमा पार्टीको स्थायी समिति, पोलिटब्युरो तथा केन्द्रीय समिति बैठकको मिति तय गर्नुका साथै समसामयिक राजनीतिक परिस्थिति, वाम-समाजवादी दलहरूबीचको सम्भावित एकता, तथा आगामी निर्वाचन सम्बन्धी रणनीतिमा छलफल हुने भएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा मुलुकको वर्तमान राजनीतिक अवस्था, विकसित घटनाक्रम, तथा लोकतान्त्रिक प्रणालीको संरक्षणमा पार्टीको भूमिका सम्बन्धमा गहन छलफल हुने छ। उनले आगामी फागुनमा हुने निर्वाचनमा एकीकृत समाजवादी सहभागी हुने र निष्पक्ष तथा स्वच्छ निर्वाचनको सुनिश्चिततामा पार्टीले जोड दिएको जानकारी दिए।

साथै, समान विचारधारा भएका वाम–समाजवादी दलहरूसँगको सहकार्य र एकताको प्रस्ताव बैठकबाट अनुमोदन गरिने बताइएको छ। समाजवादी मोर्चामा आवद्ध दलहरूसँग पार्टी एकताको टुंगो केही दिनमै लाग्ने प्रवक्ता ज्वालाले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।