image
image
कांग्रेस केन्द्रीय समिति बैठक सुरु, थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने तयारी

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने तयारी

काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। बैठकमा पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधि सभा निर्वाचनका लागि भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने तयारी गरिएको छ।

विशेष महाधिवेशनपछि पहिलो पटक बसिरहेको यस बैठकलाई कांग्रेसका लागि महत्वपूर्ण मानिएको छ। नेताहरूका अनुसार बैठकमा निर्वाचन रणनीति, चुनावी अभियानसँग सम्बन्धित समिति गठन तथा समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल हुनेछ।

यस बैठकलाई आगामी चुनावी अभियानको औपचारिक सुरुवातका रूपमा हेरिएको छ। कांग्रेस नेतृत्वले संगठन सुदृढ गर्दै जनतामाझ नयाँ सन्देशसहित चुनावी मैदानमा उत्रने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।