image
image
सर्वोच्च अदालतले दिएन शरद ओझाको मुद्दामा अन्तरिम आदेश

सर्वोच्च अदालतले दिएन शरद ओझाको मुद्दामा अन्तरिम आदेश


काठमाडौं । प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई शरद ओझाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले हाललाई पुरानो अन्तरकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो। प्राधिकरण अध्यक्षमा ओझाको नियुक्तिको सम्बन्धमा गत असार ३० गतेको मन्त्रिपरिषदको बैठकले छानबिन गर्न समिति गठन गरेको थियो।

सर्वोच्च अदालतको माघ १८ को निर्णयले नेपाल सरकारले छानबिन समितिलाई दिएको कार्यादेश नै कानुन बमोजिम भएरनभएको भन्ने विषय यस मुद्दाको अन्तिम किनारा हुँदा निरूपण हुनुपर्ने उल्लेख गरेको छ। अहिलेलाई समितिको प्रतिवेदन अनुसार भएको काम कारवाही र निर्णयमा रोक लगाउनुपर्ने गरेर अन्तरिम आदेश जारी गर्न नपर्ने उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।